१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नाभाल्नीको शोकसभामा सहभागीहरु पक्राउ


1.274k
Shares

एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव पोष्टमार्टम पछि मात्रै उनका परिवारलाई हस्तान्तरण हुने भएको छ ।

गत शुक्रबार रुसको आर्कटिक जेलमा मृत्यु भएका नाभाल्नीको शवका लागि हारगुहार गरेकी उनकी आमालाई रुस सरकारले पोष्टमार्टम पछि मात्रै परिवारलाई दिने जनाएको हो ।

रुसका राष्ट्रपति भ्दादीमिर पुटिनका कट्टर विरोधी तथा देशमा मौलाएको भ्रष्टाचार विरोधी अभियानकर्ता नाभाल्नीको पुटिनको आदेशमा हत्या गरिएको आरोप उनका समर्थकहरुले गरेका छन् ।

नाभाल्नीको मृत्यु पछि रुसका विभिन्न शहरमा समवेदना प्रकट गर्ने एक सयभन्दा बढी पक्राउ परेका छन् । ४७ वर्षीय नाभाल्नीको जेलमै मृत्यु भएको रुसी अधिकारीहरूले बताएपछि रुसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक र प्रशंसक शोकमा डुबेका छन् ।

यता रुसको राजधानी मास्कोको मध्यभागमा गर्न लागिएको र्‍यालीमा सहभागी हुन अनलाइन आह्वान गरिएसंगै रुसी प्रशासने र्‍याली आयोजना नगर्न चेतावनी जारी गरेको छ ।