१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु


247
Shares

काठमाडौं । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको सुखडमा हुन लागेको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । जिल्लाको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू संघर्ष गरिरहेका छन् ।

अध्यक्षका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुनुहून्छ । जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुनुहुन्छ ।

नेतृत्वमा सहमतिको सम्भावना सकिंदै गएको छ । सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भइरहेको बताइएको छ ।