१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छ : भुवन केसी


273
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताउनुभएको छ ।

आइतबारबाट मकवानपुरमा सुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सोमबार मकवानपुरमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष केसीले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताउनुभयो । उहाँले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र वाह्य पयर्टकहरु बढाएको बताउनुभयो ।

अध्यक्ष केसीले नेपाली चलचित्रलाई विश्वमाझ पु¥याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताउनुभयो । उहाँले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सिनेमामा नेपाली सौन्दर्यताहरुर कैद गरेर ति दृश्यहरु प्रश्तुत गर्दा आन्तरिक र वाह्य पर्यटकहरु बढेको बताउनुभयो । उहाँले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । स्थानीय तहले नै यसबारेमा बढी ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले दिमाग खराबको रिभ्युमा रंगपत्रकारहरुले गरेको रिभ्युमा आक्रोश व्यक्त गर्नुभयो । फिल्म पत्रकारले फिल्मको बारेमा भन्दा बढी फलानो पार्टीलाई पोस्न फिल्म बनाइयो भन्ने किसिमको रिभ्यु लेखेको भन्दै आक्रोश जनाउनुभयो । फिल्मलाई फिल्मको नजरबाट हेर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले राम्रो फिल्म बनाउँदा राम्रो भन्न सक्नुपर्ने बताउनुभयो ।