१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुर्खेतमा १४ औं राष्ट्रपति रनिङ शिल्ड छनोट सुरु


195
Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १४ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगिताको मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा प्रदेशका १० वटा स्थानीय तहहरू सहभागी बनेका छन् । जिल्ला खेलकुद विकास समितिबाट सिफारिस भई प्रत्येक जिल्लाका एक पालिकाहरूको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी भएका पालिकाका प्रमुखहरूलाई परिषद्ले भलिबलको माला लगाई सम्मान गरेको छ ।

प्रतियोगितामा दैलेख ठाटीकाँध गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, जुम्लाको तातोपानी, कालिकोटको तिलागुफा गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, हुम्लाको खार्पुनाथ, गाउँपालिका, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका, मुगुको सोरु, सल्यानको कपुरकोट गाउँपालि र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका रहेका छन् ।