२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख नीति : उपसभापति खड्का


130
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु कांग्रेसको प्रमुख नीति हुने बताउनुभएको छ ।

मंगलबार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिवद्धता प्रस्तुत गर्दै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति भएको बताउनुभएको हो ।

उपसभापति खड्काले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेसले मुल नीतिको रुपमा स्वीकार गर्ने बताउनुभयो । उहाँले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताउनुभयो ।

उपसभापति खड्काले कांग्रेसले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र संकल्प गर्ने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको भन्दै सो कदम सुखद् र आशालाग्दो संकेत भएको उल्ल्ेख गर्नुभयो । उपसभापति खड्काले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताउनुभयो ।

उपसभापति खड्काले ंविधानको आधारभुत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गर्न नेपाली कांग्रेस खुला रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनको आवश्यक नेतृत्व पनि नेपाली कांग्रेस आफैँले लिने बताउनुभयो ।