१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा सामान्य गिरावट


208
Shares

काठमाडौं । मंगलबार शेयर बजार सामान्य अंकले रातो मात्र रहेर बन्द भएको छ ।

कारोबार भएका मध्ये बहुसंख्यक उचसूचक रातो रहेको बजारमा विकास बैक, वित्त, उत्पादन र अन्य समूह सामान्य अंकले उकालो लाग्दा अरु समूह ओरालो लागेका छन् ।

घटेको बजारमा पनि सुधारको अपेक्षा विपरीत उतारचढावबीच गिर्दो अवस्थामा देखिएको छ । बजारको अवस्थासँग विश्वस्त हुन नसकेका लगानीकर्ताको विश्वास बजारले जित्न सकेको छैन । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि थप ओरालो लागेको शेयर बजार निरन्तर उतारचढावको अवस्थाबीच तलतिर नै देखिन्छ ।

यो साता पहिलो कारोबारमा आइतबार २७ अंकले घटेर २ हजार ३४ को बिन्दुमा झरेको बजार मंगलबार १ दशमलव ७६ अंकले घटेर २ हजार ३३ बिन्दुमा पुगेको छ । ९० कम्पनीको मात्र शेयर मूल्य बढ्दा १ सय ५० कम्पनीको शेयर मूल्य घटेको छ र यसदिन ३ सय १४ कम्पनीको ९५ लाख कित्ता शेयर ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बरबबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।