२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैंक तथा वित्तीय संस्थाकाविरुद्ध भईरहेका दुष्प्रचारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण


208
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका सम्बन्धमा भईरहेका दुष्प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रीय बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकहरु विरुद्ध केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ ।

बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले हार्दिक अनुरोध गरेको छ ।