१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


न्यायपालिकालाई भरोसाको केन्द्र बनाउन कानून व्यवसायीको भुमिका सर्वोपरी हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ


143
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न कानून व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

सर्वोच्च अदालत बार एशोसिएशन नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

प्रधानन्यायाधीश श्रेष्ठले संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवं प्रभावकारी न्याय सम्पादन नै भएको उल्लेख गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि सम्बन्धित पक्षले गम्भिर ढंगले आत्मसमिक्षा गर्न सक्नुपर्ने पनि बताउनुभयो । उहाँले स्वतन्त्र, निष्पक्ष, सक्षम र जन आस्थामा आधारित न्यायपालिकाविना कानून व्यवसायीको प्रवद्र्धन हुन नसक्ने र सवल, सक्षम र सुदृढ कानून व्यवसायीहरुबिना सक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न नसकिने सत्यलाई आत्मासात गरेर अघि बढ्न पनि कानून व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो बनाएर मात्रै न्यायपालिका र कानून व्यवसायीहरु पनि विश्वासिलो बन्नसक्ने बताउनुभयो ।

प्र्र्रधानन्यायाधीश श्रेष्ठले जनआस्था अनुसार न्यायपालिका चल्नुपर्नेमा आफूहरुले जोड दिएको बताउनुभयो ।