७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सितापाइलामा तीन जनाको हत्या


4.966k
Shares

काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जनाको हत्या भएको छ ।

सोलुखुम्बुका राजु विश्वकर्माले श्रीमती, एक छोरी, एक नातिनीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमती, छोरी र नातिनीको हत्यापछि उनी पनि घर नजिकै सितापाइलाको जंगलमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमती ३९ वर्षिय ईश्वरीकुमारी श्रेष्ठ, छोरी ८ बर्षिय अनिषा श्रेष्ठ र नातिनी साढे दुई बर्षकी शिवाना श्रेष्ठको हत्या गरेपछि विश्वकर्माले पनि आत्म हत्या गरेको प्रारम्भिक अनुसंधानले देखाएको छ । तीन जनाको हत्या गरेपछि विश्वकर्माले ससुरा इन्द्रजीत श्रेष्ठलाई फोन गरेर हत्या गरेको जानकारी दिएका थिए ।

तस्बिर : ईश्वरीकुमारी श्रेष्ठ र राजु विश्वकर्मा

प्रहरीका अनुसार तीनजना घरको कोठाभित्र मृत फेला परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गर्दा विश्कर्मा पनि झुण्डिएको अवस्थमा फेला परेका जानकारी दिनुभयो ।

विश्कर्माको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।