१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा ६ अंकले गिरावट


260
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेसे बुधबार ६ अंकले घटेको छ ।

बिहान बजार खुलेलगत्तै केही बेर बढेको बजार दिउँसो ११ अंक घटेकोमा अन्तिममा ६ अंकले नकारात्मक हुदै बन्द भएको हो ।

नेप्से बुधबार २ हजार २६ अंकमा रोकिएको छ । बुधबार १ सय ५९ वटा कम्पनीको शेयर मूल्य घट्दा ८० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन उपसमूहमा मात्र २ प्रतिशतको वृृद्धि आउदा अरु सबै उपसमूह सामान्य अंकले घटेका छन् ।

बुधबार बोटलर्स नेपाल, हिमालयन उर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तिय संस्था लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।

बुधबार ३ सय १३ कम्पनीको ६३ लाख ४१ हजार कित्ता शेयर २ अर्ब २४ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।