
ओखलढुंगा । ओखलढुंगामा यसवर्ष सुन्तलाको उत्पादन घटेको छ ।
असिना पानीले सुन्तलाको उत्पादन घटेको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।
ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा यसवर्ष ६ सय ६३ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
जिल्लामा अघिल्लो वर्ष ८ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । रोगलगायतका प्राविधिक समस्या झेल्दै आएका यहाँका किसानहरू पछिल्ला वर्षहरुमा उत्पादन घट्दा आम्दानी समेत घटेको बताउछन् ।
जिल्लाको सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ, लिखु, चिशंखुगढी र सुनकोशी गाउँपालिकामा बढी सुन्तला खेती हुने गरेको छ । ओखलढुंगामा २ सय ६७ हेक्टर क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्