२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकाको नृत्य मण्डलामा पहिलो पटक चुडाकर्म


2.899k
Shares

काठमाडौं । अमेरिकाको नृत्य मण्डला महाविहारमा पहिलो पटक बज्रयान बौद्ध परम्परा अनुसार बालकहरुको बरे छुयगु अर्थात चुडाकर्म संस्कार गरिएको छ ।

पोर्तल्याण्डमा रहेको सो महाविहारका प्रमुख गुरु प्रज्वल रत्न वज्राचार्यले उनीहरुको चुडाकर्म संस्कार विधि गर्नुभएको हो ।

परम्परा अनुसार शाक्य र बज्राचार्य कुलपुत्रहरुलाई पहिलो पल्ट केश मुण्डन गरेर अभिषेक गरि बौद्ध धर्मबाट प्रव्रजित समेत गराईन्छ ।

गुरु वज्राचार्यले बज्रयान बौद्ध परम्परा अनुसार चुडाकर्म संस्कार गर्न चाहनेहरुलाई महाविहारमा निरन्तरता दिदैै लैजाने जानकारी गराउनुभयो ।

बज्रयान बौद्ध धर्मलाई अन्तर्राष्ट्रिय रुपमा प्रसार गर्न ३ सय ५२ वर्ष पछि नृत्य मण्डला महाविहार अमेरिकाको पोर्तल्याण्डमा पहिलो पटक १५ वर्ष अघि स्थापना भएको हो । महाविहारमा बज्रयान बौद्ध परम्परा अनुसार दैनिक अभ्यास र चर्या नृत्यको प्रशिक्षण समेत हुँदै आएको छ ।