१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


143
Shares

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । बैठकमा राष्ट्रिय महाधिवेशन तयारीबारे छलफल हुनेछ ।

जसपाले आगामी जेठ २८, २९ र ३० राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

गत पुष २७ गते सम्पन्न केन्द्रीय समितिको बैठकले जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।