
काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिरै रहेर मुद्दा लड्न पाउने भएका छन् ।
बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतले सुनाएको आदेशविरुद्ध पुनरावेदन दिएका लामिछानेलाई पाटन उच्च अदालतले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने लिखित अनुमति दिएको हो ।
सन्दीपको मुद्दा दर्ता भएपछि उच्च अदालतका रजिस्टारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार यस्तो अनुमति दिएका हुन् । सो संहितामा १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिने ब्यवस्था छ ।
सन्दीप लामिछानेका कानून व्यवसायी सरोज घिमिरेले जिल्ला अदालतको फैसला पुष्टि हुने कुने पनि आधार नदेखेपछि उच्च अदालतमा गएको बताएका छन् । काठमाडौंका जिल्ला अदालतले गत पुष १३ गते लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्