२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


182
Shares

काठमाडौं । बिहीवारबाट जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिनेहरुलाई सम्मान र काममा नजानेहरुलाई कारवाही गर्ने कार्यक्रम रहेको छ ।

उत्कृष्ट र काम नगर्ने तीन÷तीन जनाको नाम सार्वजनिक हुनेछ । साथै पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरुले उठाएको धारणाको जवाफ दिने कार्यक्रम रहेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताउनु भयो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीवारदेखि बसेको हो ।