
काठमाडौं । तराई मधेशका २८ वटा जिल्लाबाट २४ दिन लामो पैदलयात्रा गर्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले आज सिंहदरबार घेराउ गर्ने भएका छन् ।
थानकोटको त्रिभुवन पार्कमा बसेका पीडितहरु शुक्रबार पैदलयात्रा गरी सिंहदरबारतर्फ लागेका छन् । बिहीबार वर्षा भएका कारण उनीहरुले सिंहदरबार घेराउ गर्ने कार्यक्रम आजलाई तय गरेका हुन् ।
यसअघि पनि मिटरब्याज पीडितहरु पैदल काठमाडौं आएका थिए तर उनीहरुलाई माग सम्बोधनको आश्वासन दिएर सरकारले फिर्ता पठाएको थियो ।
त्यतिबेला सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको भएपनि आयोगले भने आफ्ना माग सम्बोधन नगरेको उनीहरुले आरोप लगाएका छन् ।
यसैगरि आज काठमाडौंमा आइपुगेका लघुवित्त पीडितहरुले पनि बालुवाटार केन्द्रीत आन्दोलन गर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्