१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोरङमा ट्रक पल्टिँदा तीन जना बालबालिकाको मृत्यु


403
Shares

विराटनगर । मोरङको बुढीगंगामा भारतीय नम्बर प्लेटको ट्रक पल्टिँदा च्यापिएका पाँच जना मध्ये तीन जना बालबालिकाको मृत्यु भएको छ ।

बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ प्रगती टोलमा भारतीय ट्रक पल्टिँदा आफ्नै घरको आँगनमा सुतिरहेका तीन बालबालिकाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बूढीगंगा प्रगतिटोलका ज्योति अधिकारीका छोराछोरी इसिता अधिकारी र छोरा निशान्त तथा सोही स्थानका सञ्जु खवासकी ८ बर्षिया छोरी रिहा खवास रहेका छन् । ट्रक पल्टिंदा ट्रकबाट खसेको ठूलो मार्वल ढुंगाले उनीहरुलाई च्यापेको थियो ।

घटनामा मृतक बालबालिकाका आमाहरू ज्योति अधिकारी र सञ्जु खवास घाइते भएका छन् । घटना भएको लामो समयसम्म ढुंगा पन्छाउन नसक्दा उद्धारमा ढिलाई भएको थियो । पछि क्रेनले ट्रक उठाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । भारतबाट मार्बल लिएर बुढीगंगाको जेएनजे मार्बल उद्योगतर्फ जाँदै गरेको ट्रक पल्टिएको प्रहरीले जनाएको छ ।