१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अग्रज नेताहरुले मिलेर मुलुकमा सुशासन कायम र गरिबी अन्त्य गरिदिनुस् : मन्त्री किराँती


143
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले प्रमुख दलका नेताहरुलाई मिलेर मुलुकमा सुशासन कायम गर्न आग्रह गर्नुभएको छ ।

अग्रज नेताहरुले मिलेर मुलुकमा सुशासन कायम र गरिबीको अन्त्य तत्काल नगरे इतिहासले उनीहरुलाई माफी नदिने उहाँको निष्कर्ष थियो ।

शनिबार काठमाडौंमा आयोजित डा. पुरण राईका कृतिहरु विमोचन कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेताहरुले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिवी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले मुलुकमा सुशासन र गरिवीको पक्षमा काम गर्न आफूहरुले अग्रज नेताहरुलाई सक्दो साथ दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मन्त्री किराँतीले नेपाली माटो अनुकुलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरु पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि दोहो¥याउनुभयो ।

मन्त्री किराँतीले नेपाली समाज मित्रै रहेको समाजवादको विकास गरेर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।