
काठमाडौं । सुनसरीको चतराबाट प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट आइतबार सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको उक्त एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा सुरक्षा बेश चतराले नियन्त्रणमा लिएको छ ।
बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्