१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


कम्बोडियाको सत्तारुढ दलको सिनेट चुनावमा ८० प्रतिशत जित


130
Shares

एजेन्सी । सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले आइतबार सिनेट वा माथिल्लो सदनका लागि पाँचौं चुनावमा ८० प्रतिशत जित हासिल गरेको छ ।

सीपीपीका प्रवक्ता सोक इसानले प्रारम्भिक नतिजालाई उद्धृत गर्दै सीपीपीले निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरेको बताउनु भयो । सीपीपीले सिनेटका ५८ सिनेटमध्ये कम्तीमा ५० वा कुल मतको ८० प्रतिशतभन्दा बढी सिट जितेको उहाँको दाबी छ ।

सीपीपीका ७१ वर्षीय अध्यक्ष पूर्वप्रधानमन्त्री सम्देच टेको हुन सेनले निर्वाचनपछि सिनेटको अध्यक्षको जिम्मेवारी सम्हाल्ने उहाँको भनाइ छ ।