२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै


91
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । माओवादीका नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

बैठक मंगलबार बिहान साढे आठ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । गत आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी समिति बैठक तय गरेको हो ।

आइतबार पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिनुभएको थियो ।

भरखरै विधान सम्मेलन गरेको माओवादी केन्द्रले बदलिँदो परिस्थितिअनुसार पार्टीका प्रदेश इन्जार्च र विभागहरुको कार्य विभाजन गर्ने विषयमा नियमित छलफल गरिरहेको छ ।