
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व. भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहनुभएको बताउनुभएको छ ।
सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
महामन्त्री शर्माले स्वर सम्राट नारायणगोपाल भएझैँ सुर सम्राटको रुपमा स्व. आचार्य रहनुभएको बताउनुभयो । उहाँले स्व. आचार्यले नेपाली गीत÷संगीतमा दिनुभएको योगदान, भाव, प्रभाव सदैव जीवित रहने बताउनुभयो । उहाँले भौतिक रुपमा नेपालीबाट टाढा भएपनि भावनात्मक र सांगीतिक क्षेत्रमा सधैँ नेपाली माझ नै रही रहने बताउनुभयो ।
महामन्त्री शर्माले आचार्य सांगीतिक क्षेत्रमा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरुको बीचमा, नेपालीहरुको बीचमा सधैँ अमर रही रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्