
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम शुरु गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सोमबार निधन हुनुभएका आचार्यको अन्तिम श्रद्धाञ्जलीका क्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।
मन्त्री किराँतीले स्व. आचार्यलाई नेपालीले कहिल्यै बिर्सिन नसक्ने बताउनुभयो । उहाँले उहाँका गीतहरु बाँच्नेहरुको निम्ति आदर्श हुने बताउनुभयो । उहाँले बाँच्नेहरुले उहाँको निम्ति धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
मन्त्री किराँतीले आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्