२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


520
Shares

काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेको हुँदा वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।