
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।
बुधबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले समितिका सांसदहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपमा लिने पनि बताउनुभयो । उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिँदै आएको बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनका लागि बाँकि कानूनहरुको निर्माण कार्यलाई अघि बढाएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरु कार्यान्वयन गरिरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्