१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशभरका बैंकमा पेनडाउन गर्ने बैंकर्स संघको चेतावनी


1.651k
Shares

काठमाडौं । नेपाल बैंकर्स संघले सीआइबीले पक्राउ गरेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसी गौतम, प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जनालाई रिहा नगरे देशभरका बैंकहरुमा पेनडाउन गर्ने चेतावनी दिएको छ ।

सीआइबीले मंगलबार गौतम र न्यौपानेसहित तत्कालिन सेञ्चुरी बैंकका कर्मचारीहरुलाई पक्राउ गरेको विषयमा छलफल गर्न बुधबार बसेको संघको वैठकले यस्तो चेतावनी दिएको हो ।

पहिलो चरणमा कर्जा प्रवाहबारे प्रहरी प्रशासनलाई स्पष्ट पार्ने र त्यसो गर्दा पनि रिहा नगरे देशभरका बैंकहरुमा पेन डाउन गरी विरोध गर्ने सहमति भएको बैंकर्स संघ स्रोतले बताएको छ ।

तत्कालिन सेञ्चुरी बैंकले देउराली बहुद्देश्यीय सहकारीका संचालकहरुलाई ऋण प्रवाह गर्ने क्रममा कमसल धितोको अधिक मूल्यांकन गरी ऋण प्रवाह गरी बैंकलाई नोक्सानी पु¥याएको आरोपमा हिजो तत्कालिन सीइओसहित दश जनालाई पक्राउ गरेको छ । उनीरुलाई थुनामा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट अनुमति समेत लिइएको छ ।