
काठमाडौं । त्रिदेशीय सिरिजअन्तर्गत दोस्रो टी–२० आईमा नेपाल २ रनले पराजित भएको छ ।
कीर्तिपुरमा भएको खेलमा नेपाल २ रनले नेदरल्याण्डसँग पराजित भएको हो ।
टस जितेर पहिला फिल्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा नेदरल्याण्डले दिएको १८५ रनको लक्ष्य पाएको थियो । ट्वान्टी–२० विश्वकप तयारीमा रहेको नेपालले टी–२० आई त्रिदेशीय श्रृंखलामा लगातार दुई खेलमा पराजय व्यहो¥यो । नेदरल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
नेदरल्याण्डका लागि माइकल लिबेटले ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, साइब्राण्ड इंगेलब्रेथले नट आउट ४९ रन बनाए । त्यस्तै स्कट इडवार्डसले ३३ र तेजा निडामानुरुले ३१ रन बनाए । नेपालको तर्फबाट नेदरल्याण्डले अतिरिक्त १३ रन पाएके थियो । नेपालका लागि करण केसी र कुशल मल्लले समान १÷१ विकेट हात पारे । त्यस्तै दुई वटा विकेट नेपालले रन आउटका क्रममा प्राप्त गरेको थियो ।
नेपालको तर्फबाट ८ विकेट गुमाउँदै १८२ रन बनाउने क्रमा दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । दीपेन्द्रले ३४ बलमा ३ छक्का र ६ चौकासहित ६३ रन बनाए भने रोहितले ३६ बलमा २ छक्का र ६ चौकासहित ५० रन बनाए । त्यस्तै आसिफ शेखले ३४, करण केसी ११, कुशल मल्ल ११ र सन्दीप जोरा ८ रनमा आउट भए । कुशल भुर्तेल आजको खेलमा पनि डक आउट भए । यसअघि नामिबियासँगको खेलमा पनि कुशलले खाता खौल्न सकेनन् ।
नेदरल्याण्डले ५ रन मात्रै अतिरिक्त खर्चिएको थियो । नेदरल्याण्डका लागि साइब्राण्ड एंगलब्रेक्ट र रोइलफ भान डेरले समान २/२ विकेट लिए । भिभान किंगमा, टिम भानडेर गुगटेन, आर्यन दत्तले समान १÷१ रन लिए ।
प्रतिक्रिया दिनुहोस्