
संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदवारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको बुधबारको खेलमा कोशी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
कोशी प्रदेशले ३ –१ को सेटमा आर्मी क्लबलाई पराजित गरेको छ ।
संखुवासभाको खाँदवारीे टुडिखेलमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा कोशी प्रदेशले २५–१९, २५ –१९, २५–२० र आर्मीले २५–२१ सेट जित हात पारेको थियो । त्यस्तै आजै भएको अर्को खेलमा ससस्त्र प्रहरी (एपिएफ)ले लुम्बिनी प्रदेशलाई गण्डकी प्रदेशले सुदुर पश्चिमलाई सिधा सेटमा हराए । लिककम नकाउटको आधारमा सञ्चालीत राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता फागुण १९ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।
खेलमा विभागीय तीनवटा टिमहरू आर्मी, सशस्त्र र प्रहरीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेशका टिमको सहभागीता रहेको जिल्ला भलिबल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले बताउनुभयो । प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ, तृतीयले ५० हजार रुपैयाँ र चौथो टिमले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको कोशी प्रदेश सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । उद्घाटनका क्रममा विभिन्न जातका झाँकी सहित विध्यालयका विध्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्