
काठमाडौं । मिटरव्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
मिटरव्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो । वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो ।
वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरव्याज तथा ठगिविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरव्याज पीडितको समस्यालाई गम्भिरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताउनुभयो । उहाँले आफुहरुको आन्दोलन जारी रहने बताउनुभयो । उहाँले आफुहरुको माग फर्जि लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताउनुभयो । त्यस्तै, साहुहरुको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने पनि आफूहरुको माग रहेको उहाँको भनाई छ ।
त्यस्तै, अदालती प्रक्रियालाई स्थगित गर्नुपर्ने र अदालतबाट फैसला भइसकेका केसहरु आयोगमा झिकाइ पुनरावलोकन गर्नुपर्ने पनि आफूहरुको माग रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्