१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


टी–ट्वेन्टी सिरिजमा नामिबिया र नेदरल्याण्ड्स भिड्दै


624
Shares

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दैछन् ।

खेल बिहान साँढे ११ बजे त्रिवि क्रिकेट मैदान किर्तीपुरमा हुँदैछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् । दुवैले आफ्नो पहिलो खेलमा आयोजक टोली नेपाललाई हराएका छन् ।

श्रृंखलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्सले नेपाललाई २ रनले पराजित गरेको थियो । आजको खेल जित्ने टोली श्रृंखलाको फाइनलमा पुग्ने संभावना बलियो छ ।