१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद् भवन परिसर छिरेर पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा


299
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसर छिरेर पक्राउ परेका सबै लघुवित्त ऋणीहरू रिहा भएका छन् । पक्राउ परेका ४९ लघुवित्त ऋणीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत शुक्रबार संसद बैठक चलिरहेका बेला लघुवित्त ऋणीहरूले प्रहरीलाई धकेल्दै संसद भवनभित्र प्रवेश गर्न खोजेका कारण सुरक्षार्थ ४९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

यही प्रकरणमा सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवनको सुरक्षार्थ खटिएका प्रहरीहरुलाई त्यहाँबाट अन्यत्र सारिएको हो ।