
काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो बताउनुभएको हो ।
सांसद थापाले समितिका साझा विषयमा संयुक्त बैठक बस्ने अभ्यास शुरु भएको भन्दै यसलाई आगमामी दिनमा अझै सशक्त बनाएर लैजानुपर्ने बताउनुभयो । उहाँले संसदभित्र विज्ञ समूहरुको रोष्टर व्यवस्था गर्न पनि माग गर्नुभयो ।
सांसद थापाले राष्ट्रिय सभाले समयमा नै सभा सञ्चालन गरेर नयाँ मानक स्थापना गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्