१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा भारी अंकको गिरावट


884
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

बजार परिसूचक नेप्से बिहीबार २८ दशमलव ६८ अंकले घट्दै १९७२ मा झरेको छ ।

बजार घटेपनि हिजोको तुलनामा कारोबार रकम भने बढेको छ । बिहीबार ३०९ वटा कम्पनीको ७४ लाख ४६ हजार कित्ता शेयर २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । बोटलर्स नेपाल लिमिटेडको शेयरमा भने बिहीबार पनि सकारात्मक सर्किट लागेको छ ।

यस्तै, मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । तर, जोशी हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा बिहीबार सोनापुर सिमेन्टको सर्वाधिक ११ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

नेप्सेमा सूचिकृत १३ वटा उपसमूह मध्ये बिहीबार सबै उपसमूह घटेका छन् । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव २१ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।