१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ : उपप्रधानमन्त्री खड्का


260
Shares

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

रक्षामन्त्री खड्काले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गर्नुभयो । उहाँले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गर्नुभयो । उहाँले आफूले कर्णालीलाई केन्द्रमा पु¥याउने कुरा नबिर्सिएको बताउनुभयो । रक्षामन्त्री खड्काले सरकारले आधुनिक स्तरको चलचित्र क्षेत्रलाई आवश्यक परेको स्टुडियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा आधुनिक स्तरको स्टुडियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल आफैँमा खुला स्टुडियो भएपनि सबै कामहरु त्यसबाट पूरा नहुने बताउनुभयो ।

उहाँले चलचित्र क्षेत्रको विकासका लागि बोर्डले सबै किसिमबाट सहयोग गरिरहेको बताउनुभयो ।