
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रिय सभाप्रति सकारात्मक हुन प्रमुख दलका शिर्ष नेताहरुलाई आग्रह गर्नुभएको छ ।
यही फागुन २० गतेबाट आफनो कार्यकाल पूरा गरी बिदाई हुन लाग्नुभएका सांसद देवले शुक्रवार राष्ट्रिय सभा बैठकमा आफ्ना अनुभव र अनुभुति प्रस्तुत गर्दै प्रतिनिधि सभाका केही सांसदहरुले पार्टी नेतृत्वलाई कब्जामा लिएर राष्ट्रिय सभालाई कमजोर बनाउने काम गरेको जिकिर समेत गर्नुभयो । सांसद देवले कांग्रेस भित्र दलको नेता छान्ने अधिकार समेत राष्ट्रिय सभा सदस्यहरुलाई नरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । दलको सदस्य हुने, दलको नेता छान्न नपाउने ? कहीँ पनि नहुने उहाँको भनाई थियो ।
सांसद देवले राष्ट्रिय सभाले एकमतले संशोधनका लागि पठाएका प्रस्ताव प्रतिनिधि सभाले अस्विकार गरिदिएकोमा पनि आपत्ति जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्