
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरुको रकम भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले दुग्ध किसानहरु रकम पाउनका लागि आन्दोलन गरिरहेका भन्दै उनीहरुले पाउनुपर्ने रकम चाँडो भन्दा चाँडो भुक्तानी गर्न सरकारसँग माग गर्नुभएको हो ।
सांसद सिंहले दुग्ध किसानहरु पनि केही दिनमा मिटरब्याजी र लघुवित्तपीडितहरुका जसरी नै काठमाडौँमा आन्दोलनका लागि आउन लागेका बताउनुभयो । उहाँले दुग्ध किसानहरु आन्दोलित भएमा उनीहरुको आक्रोश सरकारले थेग्छ कि थेग्दैन भनि प्रश्न समेत गर्नुभयो ।
सांसद सिंहले चैत्र १६ गतेदेखि राप्रपाले अवस्था र व्यवस्था परिवर्तनका लागि जनआन्दोलन गर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्