१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं महानगरले फुटपाथ व्यापारीमाथि ज्यादती गर्‍यो, संघीय सरकारले हस्तक्षेप गरोस् : सांसद पाण्डे


351
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताउनुभयो । उहाँले यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै, दुग्ध किसानहरुको रकम भुक्तानी गर्न पनि माग गर्नुभयो ।

सांसद पाण्डेले बुढीगण्डकी जलविद्युत आयोजना अगाडी बढाउने सरकारलाई दबाब दिनुभयो ।