
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउने व्यक्ति वा एजेन्सीलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री खड्काले शुक्रबार राष्ट्रिय सभा बैठकको शुन्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा सो कुरा बताउनुभएको हो ।
उपप्रधानमन्त्री खड्काले नेपाली नागरिकहरु द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई सरकारले निरुत्साहित गर्ने पनि बताउनु भयो । उहाँले स्वदेश तथा विदेशमा रोजगारीको छनौट गरी जाने अधिकार नेपालको संविधानले प्रत्येक नागरिकलाई दिएपनि उनीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको स्पष्ट पार्नुभयो । उहाँले प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेशा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न सरकार सचेत रहेको पनि दोहो¥याउनुभयो ।
उपप्रधानमन्त्री खड्काले हेटौँडा कपडा उद्योग नेपाली सेनाले सञ्चालन गर्ने बारेमा छलफल भएपनि निष्कर्षमा पुगि नसकिएको बताउनुभयो । नेपाली सेनालाई कपडामा आत्मनिर्भर बनाउनका लागि सो विषयमा छलफल भईरहेको उहाँको स्पष्टिकरण थियो ।
प्रतिक्रिया दिनुहोस्