
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन संशोधनको लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा उपप्रधानमन्त्री खड्काले सो जानकारी गराउनुभएको हो ।
उपप्रधानमन्त्री खड्काले सैनिक ऐन, २०६३ लाई संशोधन गर्नका लागि सरोकारवालाहरुसँग छलफल भइसकेको र त्यसलाई अन्तिम रुप लिन संसदको चालु अधिवेशनमै पेस गर्न लागिएको बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले सरकार, सेना र अदालतमाथि नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । सेना, सरकार र अदालतसबै नागरिकका साझा सम्पती भएकाले त्यसमा रहेका कर्मी हटाउनका लागि मर्यादित र रचनात्मक सहयोगको अपेक्षा पनि सरकारले गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्