१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धन दाँयाबाँया हुन्न, पाँच वर्षसम्म अगाडि बढ्छ : उपप्रधानमन्त्री खड्का


104
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सत्तारुढ गठबन्धन पाँच वर्षसम्म अगाडि बढ्ने बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री खड्काले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म निरन्तर रुपमा अगाडि बढ्ने बताउनुभएको हो । उहाँले गठबन्धनमा दाँयाबाँया नहुने बताउनुभयो ।

मन्त्री खड्काले गठबन्धनका बीचमा केही समस्या भएमा छलफलका माध्यमबाट टुंगो लगाउने बताउनुभयो । उहाँले राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत रुपमा उम्मेदवारी दिने बताउनुभयो ।

मन्त्री खड्काले गठबन्धन तलमाथि हुने कुराको आफुले कल्पना समेत नगरेको बताउनुभयो ।