१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभिन्न माग राख्दै पीडितहरु राजधानीमा


182
Shares

काठमाडौं । सरकारको काम कारबाहीप्रति असन्तुष्ट समूहहरुले आफ्ना माग राख्दै प्रदर्शन गर्ने क्रम बढेको छ ।

लघुवित्तका ऋणीहरु र मिटरव्याज पीडितहरुले राजधानी केन्द्रीत आन्दोलन गर्दै आईरहेको बेला दूग्ध उत्पादक किसानहरु पनि सडकमा उत्रिन थालेका छन् ।

बिहीबारदेखि देशव्यापी आन्दोलन घोषणा गरेका उनीहरु पनि राजधानी केन्द्रीत आन्दोलनमा आउने तयारीमा जुटेका छन् । दुध बेचेको अर्बाैं रुपैयाँको भुक्तानी नपाएका किसानहरू दुधको भुक्तानीदेखि ‘मिल्क होलिडे’को अन्त्यलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरु पनि फागुन २१ काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिने भएका छन् ।

दुध बिक्री गरेको रकम भुक्तानी नपाएको मात्रै होइन पछिल्लो समय दुध बिक्री नहुँदा किसानहरु ठूलो मर्कामा परेका छन् । पछिल्लो समय सबैभन्दा ठगिएको ठूलो समूह हो सहकारी पीडिहरु । सहकारी पीडितहरु पनि आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रिने तयारीमा लागेका छन् ।

केही दिन यता सहकारी विभागमा धर्नामा बस्दै आएका सहकारी पीडितहरुले देशभरका पीडितहरुलाई एकीकृत गरी राजधानी केन्द्रीत आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।