
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकारको निरन्तरता कायम रहने बताउनुभएको छ ।
शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले अहिले गठबन्धनको सरकार रहेको र यो सरकाले निरन्तरता कायम रहने विश्वास व्यक्त गर्नुभएको हो ।
सभापति देउवाले देशको अर्थतन्त्रको विकासमा पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले यसमा ध्यान दिन जरुरी रहेको पनि बताउनुभयो । उहाँले पर्यटन विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै निजी क्षेत्रसँगको सहकार्य बिना पर्यटन विकास हुन नसक्ने बताउनुभयो । उहाँले भरतपुर महानगरपालिका प्राकृतिक सुन्दरताले सम्पन्न स्थान भएको पनि बताउनुभयो ।
सभापति देउवाले प्राकृतिक रुपमा सुन्दर, जैविक विविधताका लागि स्वच्छ वातावरण र पर्यटकमैत्री जनजीवन भएका कारणले चितवन पर्यापर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि पर्यटनको विकास भइरहेको हुँदा देशको मुख्य आर्थिक केन्द्रको रुमपा विकास भइहरेको बताउनुभयो । उहाँले कोरोना र हाल विश्वमा चलिरहेको युद्धका कारणले देशको अर्थतन्त्रमा प्रभाव पारेको बेला पर्यटनको विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव ल्याउने दाबी गर्नुभयो ।
सभापति देउवाले आगामी दिनमा चितवन पर्यटकहरुका लागि झनै महत्वपूर्ण हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्