२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चितवनमा पर्यटनको प्रचुर सम्भावना छ : अध्यक्ष ओली


260
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको हब बनउनुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा पनि भरतपुर महानगरले पहल गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आफूले कोशी, नारायणी, कर्णाली लगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंगालसँग जेडिने त्यस कुरालाई अघि बढाएको बताउनुभयो ।

अध्यक्ष ओलीले चितवनमा औद्योगिक क्षेत्रहरुको सम्भावना पनि प्रचुर रहेको जिकिर गर्नुभयो । उहाँले चितवनको विकासमा आफ्नो पार्टी सहायेग गर्न तत्पर रहेको बताउनुभयो ।