
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताउनुभएको छ ।
शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।
सभापति लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेको बेलामा नै देशले साँच्चिकै मुहार फेर्ने बताउनुभयो । उहाँले भरतपुरको विकासको लागि आफूले खेल्नुपर्ने भुमिका निर्वाह गर्न कटिवद्ध र प्रतिवद्ध रहेको बताउनुभयो ।
सभापति लामिछानेले भरतपुर भ्रमण सफल पार्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्