
काठमाडौं । पराराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ति भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल रहेको बताएको छ ।
युक्रेन सरकारका प्रतिनिधिहरूसंग परराष्ट्र मन्त्रालयले गरेको समन्वयमा पाँच जना नेपाली युवा सकुशल रहेको पराराष्ट्र मन्त्रालयले पुष्टी गरेको हो ।
युक्रेनी सेनाको कब्जामा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने रहेका छन् । ती पाँचै जनाले युक्रेनबाट रिहा भएर रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गरेको युक्रेनका सरकारी प्रतिनिधिले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै जानकारी गराएको पनि मन्त्रालयले जनाएको छ ।
तर उनीहरुलाई युक्रेनले कहिले कब्जा मुक्त गर्छ भन्ने विषयमा युक्रेन सरकारले कुनै जानकारी नदिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल सरकारले जर्मनीस्थित नेपाली दूतावास मार्फत युक्रेनको कब्जामा रहेका नेपालीहरुको अवस्था बुझ्न कोशिस गरेकोमा युक्रेनले बल्ल उनीहरुबारे जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्