८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतको भुटानमाथि रबाफिलो जित


1.625k
Shares

काठमाडौं । अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७-० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ ।

चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रबारदेखि सुरु भएको हो ।

उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारतले दक्षिण एशियाली फुटबलको कमजोर टोली भूटानमाथि गोल वर्षा गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारतका लागि अनुष्काले ह्याट्रिक पूरा गर्दै पर्ल फर्नान्डेजले दुई गोल गरिन् ।

कप्तान श्वेता रानी र अन्विता रघुरमनले समान एक गोल थपे । भारतले पहिलो हाफमा नै ६ गोल गर्दै भूटानमाथि पूर्ण रूपमा हाबी भयो । तर, दोस्रो हाफमा भने भूटानले एक गोल मात्र बेहो¥यो । त्यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र भुटानले हार व्यहो¥यो । जितसँगै भारतले तीन अंक जोडेको छ ।

भारतले आफ्नो दोस्रो खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ । नेपालले शनिबार बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।