
काठमाडौं । सरकार र मिटरब्याज पीडितबिच भइरहेको वार्ता आज पनि हुँदैछ । शुक्रबार भएको वार्ता सकारात्मक भएकाले आज सहमति जुट्न सक्ने पीडितहरुले बताएका छन् ।
चौथो चरणको वार्ता सकारात्मक रहेको मिटरब्याज पीडित संघर्ष समितिका संयोजक नृग नविनले जानकारी गराउनुभयो । संघर्ष समितिले अवधेश कुशवाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनेको हो ।
मिटरब्याज पीडितले अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राखेर केही दिनदेखि काठमाडौँमा आन्दोलन गरिरहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्