
फाइल तस्वीर
काठमाडौं । सुनसरीको इटहरीमा शनिबार राति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ को वीपी चोकमा आगलागी हुँदा जलेर ५२ वर्षीया गीतामाया कटवालको मृत्यु भएको हो ।
कटवालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कटवालको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
आगलागी हुनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्