१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उदयपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री


286
Shares

काठमाडों । उदयपुरको एउटा गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । उदयपुरको चौदण्डी गढी नगरपालिकाको सिद्धिपुर गाउँबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको हो ।

२०५० सालदेखि सिद्धिपुरका स्थानीयले व्यावसायिक बेसार खेती गर्दै आएका हुन् । सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएको उनीहरु बताउँछन् । २०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेपछि अहिले गाउँनै बेसार खेतीमय भएको उनीहरुको भनाइ छ ।

अहिले गाउँबाट वार्षिक दुई करोडभन्दा बढीको बेसार बिक्री हुने गरेको स्थानीय बेसार कृषकले बताएका छन् । नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको उनीहरु बताउँछन् । एक घरले वार्षिक झण्डै तीन लाखभन्दा बढीको बेसार उत्पादन गरेर बिक्री गर्ने गरेको बताइएको छ ।

उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । सबैभन्दा बढी बेसार उत्पादन पाकेट क्षेत्रको रुपमा सिद्धिपुर क्षेत्र रहेको केन्द्रले जनाएको छ ।

यस्तै त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको आँपटार, उदयपुगढी गाउँपालिकाको भलायाडाँडा, डुम्रेसहित कटारी नगरपालिकाको रिस्कु सोमबारे र बेलका नगरपालिकाको मैनामैनी क्षेत्र बेसार उत्पादनका लागि महत्वपूर्ण रहेको कृिष ज्ञान केन्द्रले जनाएको छ ।