
काठमाडौं । नयाँ गठन हुने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भएको छ । पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भइरहेको बताइएको छ ।
प्रधानमन्त्री दाहालले आजै एमाले र रास्वपालाई सरकारमा लैजाने तयारी गर्नु भएको छ । पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी भएको छ ।
अब बन्ने सरकारमा एमालेबाट पदम गिरी र माओवादीबाट वर्षामान पुन मन्त्री बन्ने भएकाले रास्वपाले सभापति लामिछानेलाई पठाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्